काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको छ । जावलाखेल स्थित पार्टी प्यालेस ९रामबाग महल०मा केन्द्रीय समितिकै बैठक बस्दै छ ।
गुण्डुबाट मोटरसाइकलमा स्कर्टिङ गर्ने कार्यक्रम तय भएसँगै ललितपुर प्रहरीले र्याली नगर्न आग्रह गरेको छ । जुलुस र र्याली नगर्न यसअघि नै जिल्ला प्रशासन कार्यालय मार्फत आग्रह गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
उनले भने, ‘जुलुस नगर्नु भनेर यसअघि नै जिल्ला प्रशासन कार्यालयले आग्रह गरिसकेको छ ।’ उनका अनुसार र्याली जुलुस नगर्न तथा र्याली र जुलुसमा झण्डा प्रयोग नगर्न नेपाली काँग्रेस तथा नेकपा एमालेलाई जानकारी गरार्ई सकिएको छ । ललितपुरमा आज मात्रै नेकपा एमालेको केनिद्रय समितिको बैठक बस्दैछ । जहाँ युवा संघले नारा जुलुस र प्रदर्शन गर्नसक्ने भएकाले प्रहरीले सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै नारा जुलुस प्रदशर्नीमा रोक लगाएको हो ।
