काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० दलको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुृनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले भोलि विहान ९ बजेका लागि बैठक बोलाएका हुन् ।
सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा ( एमाले ), नेकपा ( माओवादी केन्द्र ) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ( एकीकृत समाजवादी ) , जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई बोलाइएको छ ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा आज सर्वोच्च अदालतमा १० वटा रिट परेको छ । संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन् । अब कसरी अगाडि बढ्ने भन्ने कुरामा दलहरुसँग धारणा बनाउनका लागि उनले बैठक बोलाएको बताइएको छ । बैठकमा सभामुख घिमिरेले संसद् पुनर्स्थापनाबारे दलहरुसँग राय माग्ने बताइएको छ । भोलि ९बुधबार० दलहरुसँग छलफल गर्न लागेका सभामुख घिमिरेले बिहीबार कानून व्यवसायीहरुसँग छलफल गर्नेछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् सदस्य नरहेको व्यक्ति सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिईन् । प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटन दुवै असंवैधानिक रहेको भन्दै कानून व्यवसायीहरुले आज सर्वोच्चमा रिटसमेत दायर गरेका छन् । नेकपा ( एमाले ) पनि संसद् विघटनको विरुद्धमा उभिएको छ ।
