ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतले उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको जानकारी दिए। ललितपुरको जावलाखेलभनिमण्डलस्थित रामबाघ महलमा ३ दिनसम्म बैठक चल्नेछ ।
केही दिनअघि मात्र बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ।
प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको । प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको । शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन् ।’
बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले जनाए। एमालेको यही असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको हो। त्यस्तै केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्नेछ ।
