काठमाडौँ । सरकारले भिजिट भिसामा देखिँदै आएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२’ ले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयनमा लैजान लागिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्रिपरिषद्ले सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरेको हो । उनीहरूलाई असोज १२ मा बढुवा समितिले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
