काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा पहिलो सम्बोधन गरेकी छन्। उनले देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्दैछन्।
प्रधानमन्त्री कार्कीको सम्बोधन विशेष गरी आगामी निर्वाचनको तयारीमा केन्द्रित रहने अपेक्षा गरिएको छ। सम्बोधनस्थलमा नेपाल सरकारमा मन्त्री, सचिवहरू तथा सुरक्षा निकायका प्रमुख सहभागी छन्। कार्कीले सम्बोधनका क्रममा जेनजीपुस्तालाई मतदानमा सहभागी गराउनका लागि आवहन गरीसकेको बताइकी छन् ।
त्यसै गरी बिदेशमा रहेका मतदाताहरुलाई मतदानमा सहभागी गराउने सन्दर्भमा निरन्तर निर्वाचन आयोगसँग छलफल भईरहेको प्रधानमन्त्री कार्कीले बताईन् । कार्की जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी हुन्। ‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्न चाहन्छु,’ उनले भनेकी छिन् ।
