काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी छन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।
प्रधानमन्त्री कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन पनि गर्ने कार्यक्रम छ ।
