काठमाडौं । मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिएको हो । गृहमा कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई भने राष्ट्रिय योजना आयोगमा सुरुवा गरिएको छ ।
पूर्व गृहमन्त्री रमेश लेखकले दुवाडीलाई राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी दिएका थिए । उनी आगामी मंसिरमा अनिवार्य अवकाशमा जाँदै छन् ।
त्यस्तै, यसअघि राष्ट्रिय योजना आयोगका सचिवमा कार्यरत सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
