काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ( क्यान ) ले सोमबार राति नयाँ जर्सी सार्वजनिक गरेको हो। क्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत जर्सी सार्वजनिक गरेको हो।
नयाँ जर्सीको कुमको भागमा चन्द्र र सूर्य अंकित गरिएको छ। माथिको भागमा निलो रङको जर्सी देखे पनि मुनिको भागमा हल्का रातो रङ रहेको छ। त्यस्तै, सोही रातो भागमा सगरमाथाको चित्र राखेको छ।
जर्सीको बायाँ पटीको सानो भागमा क्यानको लोगा रहेको छ भने बिच भागमा नासा सेक्युरिटीजको लोगो रहेको छ। नासा सेक्युरिटीजले जर्सीको स्पोन्सर गरेको हो।
