काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। आज चार जना मन्त्रीहरुले शपथ लिएसँगै उनी नेतृत्वको मन्त्रिपरिषद्मा ७ जना मन्त्रीहरु भएका छन् । मन्त्रिपरिषद्को पहिलो वरियतामा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल नै छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल रहेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले ४ मन्त्री नियुक्त गर्नुको साथै मन्त्रालय समेत हेरफेर गरिएको छ । दोस्रोमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, तेस्रोमा गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।
आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ र सञ्चारमन्त्री जगदीश खरेल सातौँ वरीयतामा छन् । 
