काठमाण्डौं । जेन(जी प्रदर्शनका क्रममा घाइते भएकाले गृहमन्त्रीलाई भेटेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले रियल जेनजीसँग भेट भएको भन्दै खुसी भएको बताएका छन् । ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले जेन(जीको नेतृत्व हाइज्याक भएको गुनासो गरे । आफूहरूले गृहमन्त्रीलाई जेन(जीको नेतृत्व हाइज्याक भएको व्यक्तिगत र सामूहिक रुपमा सुनाएका बताउँदै उनीहरूले गृहमन्त्रीले अब एक स्टेप कदम चाल्ने आश्वासन दिएको पनि बताए ।
जेन–जी आन्दोलनका घाइतेले हामी नेपालका संयोजक सुदन गुरुङलाई आन्दोलनको ‘लिडर हुँ’ भन्दै नहिँड्न चेतावनी दिएका छन्। आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउन गएका घाइतेहरूले आक्रोशित हुँदै सुदनलाई यस्तो चेतावनी दिएका हुन्। बिहानै गृहमन्त्री अर्याल भेट्न सिंहदरबारको गेटमा पुगेका घाइतेहरूले प्रवेश गर्न नदिएपछि धर्नामा बसेका थिए। त्यसपछि त्यहाँबाट उनलाई प्रहरीले गाडीमा राखेर गृह मन्त्रालय पु¥याएको थियो।
गृह मन्त्रालय पुगिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै घाइतेहरूले सुदन, एमाले नेता महेश बस्नेत र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि आक्रोश पोखेका छन्। उनले भने, ‘गृहमन्त्री ज्यूलाई हामीले हाम्रो नेतृत्व हाइज्याक भयो भनेर सुनायौँ । उहाँले पनि तपाईंहरू जस्तो रियल घाइते आउनुभएको थिएन भन्नुभयो । उहाँले अब एक स्टेप चाल्ने भन्नुभएको छ ।
हाम्रो पक्षमा काम गर्ने भन्नुभएको छ । त्यो कति सत्य सावित हुन्छ भोलिले देखाउला । हामीलाई थामथाम थुमथुम पार्न मात्र भनिएको रहेछ भने पनि भन्नु केही छैन ।’ आफूहरू घाइते अवस्थामा अस्पतालमा लडिरहेका बेला प्रधानमन्त्रीको बार्गेनिङ भएको गुनासो उनीहरूले गरेका छन् । घाइतेले ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले रोकेपछि सिंहदरबार अगाडि धर्ना दिएरै भए पनि गृहमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेका थिए ।
