काठमाडौं — संघीय संसदका बैठकहरू अब बानेश्वरस्थित पुरानो भवनमा नभई सिंहदरबार भित्र निर्माणाधीन नयाँ भवनबाट सञ्चालन हुने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार, हाल तीव्रगतिमा भइरहेको निर्माण कार्य पुष महिनाभित्रै पूरा हुने अनुमान छ, जसपछि बैठक त्यहीँ स्थानान्तरण गरिनेछ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा बानेश्वरको संसद भवन क्षतिग्रस्त बनेको थियो। सो भवनलाई भने मूल स्वरूपमै फर्काउने गरी पुनर्निर्माण गर्ने योजना बनाइएको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले तत्कालका लागि सरसफाइ र मर्मत सुरु भइसकेको र दीर्घकालीन पुनर्निर्माणका लागि डिजाइन तथा योजनागत तयारी भइरहेको बताए।
निरीक्षण टोलीमा अर्थमन्त्री रमेश्वर खनाल र गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए।