काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई सरकारमा सहभागी हुन आग्रह गरेकी छन् । सरकारमा सहभागिताबारे छलफल गर्न प्रधानमन्त्री कार्की तिलगंगा आँखा प्रतिष्ठान पुगेकी थिइन् । भेटमा प्रधानमन्त्री कार्कीले आफू विशेष परिस्थितिमा सरकारको नेतृत्व गरिरहेकाले डा. रुइतको सहयोग आवश्यक रहेको बताउँदै सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्।
यसबारे डा. रुइतले सरकारलाई सहयोग गर्न तयार रहेको तर सरकारी जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेका छन् । भेटपछि पत्रकारसँग कुराकानी गर्दै डा. रुइतले अस्पतालको काम र विरामीहरूको सेवाबाट अलग हुन नसक्ने कारण देखाउँदै सरकारमा नगए पनि नागरिक सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सन्दर्भमा पनि डा. रुइतलाई मन्त्री बनाउने चर्चा चलेको थियो। तर, उहाँले सधैं चिकित्सकीय सेवामार्फत् समाजको भलाइमा समर्पित रहने अडान लिँदै आउनुभएको छ।