काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिएर देशभर झण्डा झुकाउने निर्णय भएको बताए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिईन् । प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्को यो पहिलो बैठक हो ।