काठमाडौं, ३० भदौ । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले आज (सोमबार) शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले नेपाल भ्रष्टाचारको कारणले बिग्रिएको बताए । अहिले जेन–जी पुस्ताले उठाएको विषय पनि भ्रष्टाचारको अन्त्य नै रहेको उनले बताए । भ्रष्टाचार अन्त्यको विषयलाई आफूले जीवन मरणको विषय लिएको पनि उनल बताए । यदि भ्रष्टाचार नियन्त्रण भएन र कसैले बेवास्ता गरेको पाइएको खण्डम कडाभन्दा कडा कारबाही गरिने पनि उनले बताए । जो जेन–जी पुस्ताले उठाएको विषय हो । नेपाल बिग्रेको पनि यही कारणले हो । अब कसैले पनि, कुनै पनि निकायले, कतै पनि अनियमितता, भ्रष्टाचार गरेको भेटियो भने बढीभन्दा बढी कारबाही गर्नेछौं ।
साथै, उनले आफ्नो पारदर्शितामा कतैबाट प्रश्न आएको खण्डमा आफूलाई सिधैं भन्न पनि उनले बताए । कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने क्रममा हुने अनियमितालाई नियन्त्रण गरी उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिइने पनि उनले बताए । उनले असल नियत राखी ढुक्क भएर काम गर्न निर्देशन दिए ।