काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै उनले नेपाल र नेपाली जनताको शान्ति, प्रगति र समृद्धिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।
मोदीले नेपाली र हिन्दी दुवै भाषामा लेखेर कार्कीलाई बधाई दिएका हुन्। उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।
’भारतको विदेश मन्त्रालयले नेपालमा नयाँ सरकार गठन भएकोमा गएराति नै स्वागत गरेको थियो