काठमाण्डौं । सशस्त्र प्रहरीले राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिने कुरामा सचेत रहन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले मंगबार विज्ञप्ति जारी गरी अहिलेको विषम परिस्थितिमा राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिने कुरामा सचेत, सजग र संयमित हुन अनुरोध गरेको हो।
सशस्त्रले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन र संयमित भई सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अनुरोध पनि गरेको छ। ‘नागरिकको जिउ, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाको लागि सदैव समर्पित सशस्त्र प्रहरी बल, नेपाल यस संवेदनशील परिस्थितिमा भौतिक एवं राष्ट्रिय सम्पति लगायतमा भएको क्षति नियन्त्रण,न्यूनीकरण र उद्दार कार्य गर्न जेन(जी लगायत सबै पक्षहरूसँग सहकार्य गरी संयुक्त रूपमा परिचालन भई कार्य गर्न सशस्त्र प्रहरी बल, नेपाल पूर्ण रूपमा तयार एवं प्रतिबद्ध रहेको समेत अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ।
सशस्त्रले आन्दोलनको क्रममा मृत्यु भएको घटनाप्रति दुःख समेत व्यक्त गरेको छ।