काठमाडौं । आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । ठूलो सङ्ख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गर्न नसकेपछि कार्यालय उनीहरूले कब्जा गरेका हुन् ।
ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा पनि आगजनी भएको छ। मंगलबार दिउँसो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका हुन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगजनी गरेको छ। त्यस्तै प्रदर्शनकारीहरू नेताका घरघरमा पुगेर तोडफोड तथा आगजनी गरिरहेका छन्।