काठमाडौं । जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले जेन–जी प्रदर्शनका कारण महानगर क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ।
पोखराको शहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाईचोक, ( उत्तरतर्फ मिलनचोक ) पश्चिमतर्फ फिस्टेल गेट९वैदाम० उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ राष्ट्रबैंक चोक ( दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडि ड्यामसाइड) चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी छ ।