विराटनगर । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानसम्मत रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेको बताएका हुन् । संविधान, ऐन, कानुन कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन हुँदैन नभनेको उनले बताए ।
राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने प्रचण्डले बताए । माओवादीले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई पार्टीमा फर्काएपछि पूर्व राष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खुला भएको उनले बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको बताए । उनले आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरी छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने प्रष्ट रुपमा कुरा राखेको पनि बताए ।