काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ( राजेन्द्रबहादुर गोर्खाली ) पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । पछि उनले टिकट पाएनन् ।