काठमाडौँ। भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने छ । नेपाल रहँदा भारतीय विदेश सचिव मिश्रीले उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।