काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ। चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरूबिच झडप भएको हो ।
अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोजे । त्यसपछि लिङदेन पक्षका युवाहरुले उनलाई मञ्चबाट उतार्ने क्रममा झडपको स्थिति आएको हो ।
कार्यक्रम स्थलमा सुरुबाटै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । उनले भने,साथीहरू हल्ला नगरौँ। यो राष्ट्रवादी पार्टी हो हल्ला नगरौँ।