काठमाडौँ । नाडा अटो सो २०२५ को आयोजना हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अयोजनामा प्रदर्शनी हुन लागेको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।
प्रदर्शनी प्रदर्शनीका लागि मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखि गतिशीलताको प्रतिबिम्ब भएको आयोजकले उल्लेख गरेको छ । ूगो फर मोरू भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने छ आयोजकको विश्वास रहेको छ।
नाडा अटो सो २०२५ मा रोबोट्स – स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीक स्वरूप उन्नत चारपाङ्ग्रे रोबोट र भविष्यको सहरी हवाई गतिशीलता पहिलो झलक पनि प्रदर्शनमा भाग लिई अनुभव लिन सकिने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले जानकारी दिनुभयो ।
नाडा अटो सो २०२५ मा १९ वटा चारपाङ्ग्रेका ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू, ४ वटा दुईपाङ्ग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनी ९ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था० को सहभागिता हुने छ । प्रदर्शनिमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि टिकट प्रि बुकिङ खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित यस सो को उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुने छ। प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिएको छ । ३ लाख वर्गफुट क्षेत्रफल र १,६२,५०० वर्गफुट प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो अटो सो हुने आयोजकले जानकारी दिएका छ।