काठमाण्डौं । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप दुई सय मेगावाट विद्युत् खरिदका लागि सहमति दिएको छ। यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ भने बंगलादेश निर्यातको ४० मेगावाटसहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको छ।
पछिल्लो पटक हिजो साउन २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबरसम्मको लागि हो। यसअन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् पर्छ।
आर्थिक वर्ष २०८१र८२ मा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले यस वर्षमा निर्यात दोब्बर हुने अनुमान गरिएको छ। लिखु(२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ ।
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।