विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा –नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।