सप्तरी । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले साउन २३ गते करीव ३ सय ९७ के.जी. गाँजा बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट बरामद गरेको हो । 

महादेवा पोखैर नहरको झाडीमा बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले १७ वटा पोकामा राखेको गाँजा फेला पारेको हो । त्यस्तै बारा जिल्लाको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट साउन २३ गते करीव ३२ के।जी। गाँजा बरामद भएको छ ।
