काठमाडौं। एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार दिउँसो १स्४५ बजे सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले भुटान र साउदी अरबमाथि गोलको वर्षा गर्ने र साबिक विजेता उत्तर कोरियासँग बराबरी खेलेर छनोट सक्काउने योजना बुनेको थियो।
तर, अन्तिम लक्ष्य नै पहिलो खेलको नतिजा रह्यो। आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को निराशाजनक बराबरी खेल्यो। नेपालले भुटानमाथि पछिल्लो दुई भेटमा १४ गोल गर्दै सहज जीत हात पारेको भए तापनि बुधबार आक्रमणलाई प्रभावकारी बनाउन सकेन। खेलको ४०औं सेकेन्डमै सेनु परियारले अग्रता दिलाए पनि नेपाल खेलमा अडिक रहन सकेन। त्यसैले ऐतिहासिक बराबरी खेल्यो। लगभग छनोटको सम्भावना समाप्त भइसकेको नेपाल अहिले दबाबमा छ।
अर्कोतर्फ साउदी अरबया समूहका बलियो टिम उत्तर कोरियासँग १५–० ले पराजय भोगेको थियो। यस सिंगल राउन्ड प्रतियोगितामा समूह शीर्षस्थान हासिल गर्ने टिम मात्र अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपको लागि छनोट हुनेछ। त्यसैले साउदी अरब र उत्तर कोरिया अझै बलियो टोली भएको कारण मिहिनेत गरेर खेल्ने मुख्य प्रशिक्षक यामप्रसाद गुरुङ बताउँछन्।लउनी भन्छन्, ‘भुटानसँग बराबरी खेल्यौं। यसपछिका प्रतिद्वन्द्वी अझ बलिया छन्। छनोट हुन गाह्रो छ। तर, मिहिनेत गरेर खेल्छौं।’
समूह चरणपछि शीर्ष तीन उपविजेता टोलीले पनि छनोटको मौका पाउने भएकाले नेपाललाई भुटानसँग तीन अंक नजिकबाटै प्राप्त गर्न आवश्यक थियो। तर, त्यो सम्भव रहेन। साउदी अरबसँग बराबरी वा हारले नेपालका एसियन कपको सपना अन्त हुन सक्छ। त्यसैले उत्तर कोरियाको झैं फराकिलो जित निकाल्नुको विकल्प नेपालसामु हुनेछैन। त्यही दिन दोस्रो खेलमा उत्तर कोरियाले भुटानसँग प्रतिस्पर्धा गर्दैछ, जसको समय नेपाली अनुसार साँझ ५स्४५ बजे तोकिएको छ।