काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिवार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) ले शुक्रवार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।
शुक्रवारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।