काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सरकारका पछिल्ला काम कारबाही र समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गर्ने भएका हुन् । यसअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्रीमाथि लगाएका आरोपको जवाफ दिनेछन् ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । प्रधानमन्त्रीको विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।