काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार८ तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले एक विज्ञप्तिमार्फत संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण भएको जानकारी गराएको छ ।
प्रमाणीकरण भएका विधेयकहरूमा ‘आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।