काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालले अहिले आफूमाथि लागेको भ्रष्टाचार मुद्दाको सन्दर्भमा पार्टीले विदा गरेको खण्डमा आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् । आज ९शुक्रबार० पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले ममाथि मुद्दा लागेको छ । कमिटीले मलाई विदा गर्छ भने म विदा भएर जान तयार छु,’– उनले भने ।
पतञ्जली योग पीठ जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्बन भएको छ । उनले पार्टीको नेतृत्व छाड्नुपर्ने आवाजसमेत पार्टीमा उठ्ने गरेको छ । पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले त अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अब काँधमा बोकेर हिँड्न नसकिने बताएकी थिईन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि अध्यक्ष नेपाललाई पार्टीको नेतृत्वबाट बाहिरिन सुझाव दिएको बताइन्छ ।
अध्यक्ष नेपालले पार्टीले चुनौतीहरु सामना गर्दै अगाडि बढ्ने बताए । उनले आफूले जीवनमा एक पैसा कसैको घुस नखाएको र दिनआएकोलाई पनि अस्वीकार गरेको बताए । आफूले केही पनि नबिराएको र डराउन पर्ने आवश्यकता पनि नरहेको उनले बताए । ‘पार्टी बनाएर अगाडि बढ्ने सन्दर्भमा चुनौतिका साथ मैले भन्न चाहन्छु– यस्ता चुनौतिको सामना गर्दैै आइएको छ । फेरि पनि चुनौतिको सामना गरिन्छ । किनभने मेरो मान्यता छ, नविराउनु, नडराउनुु,’– उनले भने ।