काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएर बाढीमा फसेकाहरुलाई उदार गर्न गएको तीन प्रहरी बेपत्ता भएका छन् । अहिलेसम्म बेपत्ता हुनेको सख्या ३ प्रहरीसहित १८ जना पुगेको छ ।रसुवा प्रहरीका अनुसार बाढी आएपछि उद्धारमा खटिएकामध्ये इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बेपत्ता भएका हुन् ।
बेपत्ता हुने अन्यमा १२ जना नेपाली नागरिक र ६ जना चिनियाँ रहेको बताइएको छ । बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा नेपाली नागरिक जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, नरेन्द्र विक, फुर्वा लामा, गोविन्द मोक्तान, लोकमान तामाङ रहेको छन् । त्यसैगरी चिनियाँ नागरिकहरुमा थ्ग् थ्ग्भ्, ीक्ष् ज्ग्ब्त्तक्ष्ल्न्, थ्ब्ल्न् ऋज्ग्ब्ल्, थ्ग् ज्ब्क्ष् ज्ब्ल्न्, थ्इग् ह्क्ष्ब्इ त्तक्ष्ग् र व्इग् थ्इल्न् बेपत्ता भएका छन् ।
आज विहान अन्दाजी ३ बजेको समयमा मित्रराष्ट्र चिनको एरियामा परेको अबिरल बर्षाको कारण रसुवाको गोसाइकुण्ड–२ स्थित रसुवागढीमा बाढी आएको थियो । उक्त बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी बगाएको र मानिस र सवारी साधनमा आगतजावत बन्द रहेको प्रहरीले जनाएको छ । त्यस्तै, गोसाइकुण्ड–२ स्थित रहेको विद्युतीय चार्जिङ स्टेसनमा क्षतिमा भएको ७र८ वटा इभी गाडीहरु बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको पनि बताइएको छ ।
बाढीपछिको उद्दारमा जम्मा ९४ जना प्रहरीको टोली विभिन्न ठाउँमा खटिइएको र हालसम्म १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल, ७ स्थानीय गरी जम्मा ९ जनाको उद्दार गरिएको पनि प्रहरीले जनाएको छ । गोसाइकुण्ड–५ पासाङल्हामु सडक खण्डस्थितमा सडक उक्त बाढीको कारण चर्किएको र धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरोध रहेको पनि प्रहरीले जनाएको छ ।