काठमाडौं । नेपालले एसीसी यू(१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि नेपालले आज मलेसियासँग खेल्दै छ । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ। नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन्। योसँगै उनले बलिङ रोजेका छन्। नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल विहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु भएको छ ।
प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।
त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो । उता मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो । आजै सोही समयमा हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।