काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका छन् । विभिन्न खाले सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै उनले कसैको बहुमत नभएको खण्डमा धेरै विकल्प खोज्न नहुने बताए ।
‘गठबन्धनको बारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’– उनले भने ।
गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने नउले बताए । अहिले कांग्रेसभित्र गठबन्धनका विषयमा प्रतिकूल विचार केही नआएको उनको दाबी छ । सरकारमा सहभागी मन्त्रीहरुले डेलिभरी अझ राम्रो हुनुपर्ने, मन्त्रीहरूले राम्रो काम गर्नुपर्ने उनको भनाइ छ ।