काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमण लगायत समसामयिक वियमा सम्बोधन गर्ने कार्यसूची रहेको मुख्य सचेतक बर्तौलाले जानकारी दिए । उनी आज साँझ स्पेन भ्रमणमा जाँदैछन् ।