काठमाडौँ । सङ्घीय संसद् सचिवालयले शनिबार बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ । कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता ( दोस्रो संशोधन ) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।
त्यस्तै गृहमन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता ( दोस्रो संशोधन ) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ ।