काठमाण्र्डाैं । टिकटकर रमा बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बस्नेत सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोपमा आइतबार पक्राउ परेकी थिइन्।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो उनले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामाग्री पोष्ट गरेकी थिइन्। उनले कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको विषयमा पनि विरोध गरेकी थिइन्।
यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनीता डंगोलको पनि आलोचना गरेकी थिइन्। उनले एमाले र अन्य दलका नेताहरुको पनि आलोचना गरेका सामाग्री टिकटकमा छन्। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा आइतबार नै जिल्ला अदालत काठमाडौँबाट पहिलोपटक तीन दिनको म्याद लिइएको थियो।