खोटाङ । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई पुरस्कृत गरेको छ।
अन्नबाली, फलफूल, नगदेबाली र पशुपंक्षी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक, विद्यालय र कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो।
गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई र पशुपंक्षी पालनमा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई पुरस्कृत गरिएको छ। उत्कृष्ट कृषकलाई जनही नगद रु १५(१५ हजार र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए।
गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उत्कृष्ट अंक ल्याएर कक्षा(१२ उत्तीर्ण गर्ने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा(८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुपमा बस्नेत पुरस्कृत भए। पुरस्कृत विद्यार्थीलाई जनही नगद रु सात(सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ।
कार्यक्रममा माध्यमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा सिम्पानी माध्यमिक विद्यालय सिम्पानीका जगत बस्नेत, निम्न माध्यमिक तहका वर्ष शिक्षकमा विणा माध्यमिक विद्यालय लिकुवा पोखरीका मिलन तामाङ र प्राथमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा माहाङ्कला माध्यमिक विद्यालय लिच्कीराम्चेका देवेन्द्र चौधरी पुरस्कृत भए। पुरस्कृत शिक्षकलाई जनही नगद रु सात(सात हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट लेखा कर्मचारीमा ईश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा बिपीन रोक्कालाई पुरस्कृत गरेको छ। पुरस्कृत हुने लेखा कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीलाई जनही नगद रु सात(सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ।
विद्यालयतर्फ वर्ष उत्कृष्ट हुने माध्यमिक तहको विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार, निम्न माध्यमिक तहको वर्ष उत्कृष्ट हुने विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङबजारलाई पुरस्कृत गरिएको छ। पुरस्कृत विद्यालयलाई जनही नगद रु १५(१५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ।
गाउँपालिकाले यस वर्ष गठन गरिएको निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ। ईलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिले तोकिएकोभन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष तीलकबहादुर कामीलाई नगद रु १५ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ।
वर्ष उत्कृष्ट कर्मचारीतर्फ एमआइएस अपरेटर रोशन पौडेल, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उत्कृष्ट कार्यालय सहयोगीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीकै केदार कार्कीलाई पुरस्कृत गरिएको छ। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्ति र संस्थालाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित पुरस्कार वितरण गरे।
आफूले गरेको कामलाई गाउँपालिकाले मूल्यांकन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्न हौसला मिलेको पुरस्कृतमध्येका बलजित राईले प्रतिक्रिया दिए। ‘किसान भन्ने बित्तिकै हेयको दृष्टिले हेर्ने चलन छ,’ उनले भने, ‘म किसान हुँ, मलाई आफू किसान हुनुमा गर्व लाग्छ। स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसला मिलेको छ।’
गाउँपालिकाको समग्र विकासका लागि विभिन्न क्षेत्र निर्धारण गरेर वर्ष उत्कृष्ट व्यक्ति र संस्थालाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिएको गाउँपालिका प्रमुख मुक्तिले बताए। गाउँपालिकाको सार्वजनिक सुनुवाइ र पुरस्कार वितरण कार्यक्रममा राजनीतिक दल, सरोकारवाला निकाय, सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो। रासस