काठमाण्डौं । पत्रकार दिलभुषण पाठकलाई कानून बमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।
विद्युतीय कारोबार ९साइबर अपराध० मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । अदालत स्रोतका अनुसार यो आदेशअनुसार ५ गतेसम्म प्रहरीले पक्राउ गर्न सक्ने छैन । न्यायाधीश ऋषिराज भडारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएका छन् ।