पोखरा । पौडी खेल्ने क्रममा पोखराको बेगनास तालमा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरीका गोताखोरले निकालेका छन् । उनको हिजो साँझैदेखि खोजी शुरु भएको थियो ।
जेठ २५ गते सांझ कास्की जिल्लाको पोखरा महानगरपालिका – ३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ बर्षिय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भए पश्चात खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको थियो । सो टोलीले १० बजे ३५ फिट गहिराईमा शव फेला पारी पानीबाट राजेश श्रेष्ठको शव बाहिर निकालेको छ ।