विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूको गठबन्धनका नाममा महिलाहरूको प्रतिनिधित्व घटेको बताएकी छन् । विराटनगरमा आजबाट शुरु भएको उप प्रमुखहरूको राष्ट्रिय भेलामा बोल्दै भण्डारीले गठबन्धनका नाममा महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले ध्यान दिनु पर्ने सुझाव दिइन् ।
उनले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानु पर्ने बताइन्। कार्यक्रममा बोल्दै भण्डारीले महिला जनप्रतिनिधिहरूले भोग्ने गरेको समस्याको बारेमा थाहा पाएको बताइन् ।
उनले भनिन महिलाहरूको प्रतिनिधित्वले शक्ति विकेन्द्रीकरणको पूर्ण अभ्यास भएको छ । यसले स्थानीय तहको विकास हुन्छ । उनले महिलाहरूले स्थानीय तहमा पाएको भूमिकाले सशक्तीकरण बढाएको बताइन् । उनले भनिन्, ‘महिला जनप्रतिनिधि सफल हुँदा स्थानीय तहहरू नै सफल हुने छ । संविधानले उप प्रमुखहरूलाई पूर्णकालिन कार्यकारीको अधिकार प्रदान गरेको छ।’
उनले मुलुकमा सुशासन र उत्तरदायित्वको खोजी भईरहेको भन्दै यो कार्य पुरा गर्न महिला जनप्रतिनिधिहरूले भूमिका खेल्नु पर्ने बताइन् । भण्डारीले अहिलेको संविधानले महिलाको सहभागिता मात्रै हरेक तहमा नगराएर नेतृत्व को विकास समेत गराएको छ ।