काठमाडौं । बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छिन् ।एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छिन् । यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकपनि सहभागी छिन् ।
बजेट ल्याउने दिन नजिकिएसँगै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका नेताहरुसँग छलफल बढाएका हुन् । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको पनि नाम मुछिएको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।