काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय समिति बैठक बस्दैछ । यस अघि हिजो केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक बसेको थियो । यसअघि शनिबार केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बसेको थियो।
आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमाभौतिक उपस्थितिमै बैठक बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुनेछ। यस्तै देशको विकसित राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने झाले बताए।