कास्की । ‘जनतासँग माओवादी–मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहेका नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी ९नेसपा० लगायत अन्य समाजवादी धारका दल रहेका छन् ।
उनीहरूले कास्की जिल्ला र मध्यपहाडी ९पुष्पलाल० लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझावहरू समेटेर उक्त ज्ञापनपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाइएको हो ।