काठमाण्डौं । संसद सचिवालयका महासचिवले किन मुख छोपे भनी केही संचार माध्यमले समाचार सम्प्रेषण गरेपछि महासचिव पदम पाण्डेले आपत्ती जनाएका छन् । उनले आफुलाई प्रश्न गरेकोमा गम्भीर ध्यानाकर्षण भएको सामाजिक संजाल फेसबुक मार्फत लेखेका छन् । उनले संविधानको धारा धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको स्मरण समेत गराएका छन् । साथै पाण्डेले संविधानको धारा १६ को उपधारा १,धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था, मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ को संबैधानिक ब्यवस्थाका सन्दर्भमा पनि सम्झाउँदै कानूनी उपचारमा जाने बताएका छन् ।
हुन पनि महासचिव पाण्डेले भने जस्तै कसैको पनि अनुमती बिना तस्बिर लिनु र खिच्नु फौजदारी कसुर नै हो । त्यसैले अनाहकमा किन मुख छोपे भनेर लाञ्छना लगाउनु उचित होईन । उनले मुख देखाउनु या छोप्नु उनको ब्यक्तिगत स्वतन्त्रता समेत हो । त्यसैले त महासचिव पदम पाण्डेले सामाजिक संजालमा के–के लेखेका छन् त ?
संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ को उपधारा १० ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमति बिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ। मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लङ्घन गर्नेहरुलाई संवैधानिक तथा कानूनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।