काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुद्धि नभएको डाक्टरको संज्ञा दिएका छन् । अभियानको क्रममा रुकुम पूर्व पुगेका प्रचण्डले पत्रकारहरुले बाबुरामसँग एकताबारे प्रश्न गर्दा यस्तो टिप्पणी गरेका हुन् ।
बाबुरामले कम्युनिष्ट नाम सुन्नै नचाहेको उल्लेख गर्दै उनीसँग अब एकता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने ? ०७९ को निर्वाचनमा आफू गोरखाबाट चुनाव लड्नुअघि नै पार्टी एकता गर्ने भनिएको भएपनि बाबुरामले कम्युनिष्टको नाम नै सुन्न नचाहेकोले एकता नभएको दाहालको जिकिर छ । उनले थपे,‘गोरखाबाट लड्दा यो चुनाव मात्रै होइन, पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन, कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने, बाबुरामका लागि मर्नेरु कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्नेरु खिइँदाखिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर।’
पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम ( पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराई प्रतिक्रियावादीसँग मिलेको समेत आरोप लगाए । ‘अब उहाँ खिइँदै खिइँदै पुरै प्रतिक्रियावादीसँग मिल्नुभएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैन आजकल’, प्रचण्डले कटाक्ष गरे, ‘हाँसोको पात्र भएका छन् बाबुराम । कस्तो बुद्धि नभएको डाक्टर रु सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।’
‘म गोरखाबाट चुनाव लड्दा पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन । कम्युनिस्ट पार्टी नाम राख्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के हामी मर्ने बाबुरामका लागि रु’, उनले भने, ‘कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे १ त्यस्तोसँग के गरी एकता गर्नु रु’