काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज सुनुवाइ नहुने भएको छ । लामिछानेकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् ।
उक्त बन्दीप्रत्यक्षीकरणको रिट मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको सुनुवाई आज न्यायाधीश संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले प्रभावित भएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले लामिछाने अहिले रुपन्देही कारागारमा थुनामा छन् ।