काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथसँगै पदभार ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै गभर्नर पौडेल बालुवाटारस्थि केन्द्रीय बैंकमा पुगेर पदभारग्रहरण गरेका हुन् ।
केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि कार्यकक्ष पुगेर गभर्नर पौडेलले माइन्युटमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।
समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका उनी अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को आर्थिक सल्लाहकार पनि भएका थिए ।