काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सांसद ज्ञानेन्द्र शाहीले सरकारलाई कर्णालीबाट राज्य व्यवस्था सार्न चुनौती दिएका छन्। मङ्गलबार ( आज ) बसेको संसद् बैठकमा भाग लिँदै शाहीले यस्तो बताएका हुन्। हुम्लाको नाम्खा गाउँपालिका ६ मा गत जेठ १ गतेयता गइरहेको हिमपहिरोको सन्दर्भलाई जोड्दै उनले भने, ? के कर्णालीलाई हेपेको हो ? यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु म निर्वाचित हो कर्णालीबाट । कर्णालीलाई अलग बनाउनुस्, तपाईंको राज्य व्यवस्था सार्नुस्, हामी चलाएर देखाइदिन्छौँ।
उनले हिमपहिरोबाट प्रभावित घर परिवारहरू हेलिकोप्टरको पर्खाइमा बसेको तर, सरकार भने नसुनेको नसुन्यै बसेको उनले बताए। उनले सरकारले अपराध गरिरहेको बताए। यस्तो पनि अपराध गर्न पाइन्छ रु तपाईंहरू एक सामान्य राज्यमन्त्री घुम्दाखेरि हेलिकोप्टर लगेर घुम्नुहुन्छ। तर, आज त्यहाँ जनता हिमपहिरो गएर अपलत्र परेका छन्। त्यति मात्रै होइन, सगरमाथा संवाद, कहाँको संवाद, केको संवाद ? कर्णालीमा मान्छे मरिरहेका छन्, यहाँ नाटकबाजी ? सभामुखले रुलिङ गरून्, ? उनले भने।
अगाडि उनले भने, ुहुम्ला जिल्लाको नाम्खा गाउँपालिका ६ मा हिमपहिरो गएको छ। सरकारले अहिलेसम्म उद्धार गरेको छैन। सरकारलाई म भन्न चाहन्छु( सरकारको दिमागमा जाम लाग्यो कि क्या हो रु कि आँखामा रतन्धो लाग्यो रु कि कानमा ढुसी पर्यो ? कि हेलिकोप्टरमा खिया लाग्यो ? मन्त्रीहरूको सवारी हुँदा हेलिकोप्टर घुमेको(घुम्यै हुने, हुम्लाम हिमताल फुटेर जनता रोइरहेका छन्, एउटा हेलिकोप्टर पठाउन सकेको छैन। नाम्खा ६ को थाक्रा भन्ने ठाउँमा अवस्थित दुईवटा हिमताल फुट्दा लेदोसहित हिमपहिरो अहिले पनि गइरहेको छ। तर, सरकारले भने कुनै ठोस कदम चालेको छैन।