काठमाडौं । जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले प्रदेश सभाका सभामुखलाई राजीनामा पत्र लेखेर पठाएकी छन् ।
जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको गुरुङले उल्लेख गरेकी छन् । ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उनले लेखेको पत्रमा भनिएको छ ।
जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।